१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले सियानको ‘पोर्ट’ नेपाललाई प्रयोग गर्न दिने



अ+ अ-

काठमाडौँ । चीन सरकारले सिङ्सी प्रान्तको सियान सहरमा अवस्थित ‘पोर्ट’ नेपाललाई प्रयोग गर्न दिने भएको छ । अब यो पोर्टको प्रयोग गरेपछि सियानबाट ल्याइएका सामान ७ देखि ८ दिनमा नेपाल आइपुग्ने बताइएको छ । यसअघि ग्वाङ्जाउबाट नेपालमा सामान आउँदा निकै समय लाग्ने गरेको थियो । अब बढीमा ८ दिनमा नै चिनियाँ सामान नेपाल आइपुग्ने छन् । सियानबाट रेलमा सिगात्सेसम्म आउने र सिगात्सेबाट केरुङहुँदै नेपालसम्म सामान आइपुग्ने बताइएको छ । 
यसले चिनियाँ सामान नेपाल ल्याउन तथा युरोपका सामानहरु पनि सियानको पोर्ट प्रयोग गरेर नेपाल सामान ल्याउन सकिने भएको चिनियाँ स्रोतले बतायो । अब यो नयाँ रुट भएपछि नेपालका व्यापारीहरुले चीनको यो रुटबाट सामानहरु ल्याउने जनाएका छन् । यसरी सामान ल्याउँदा यो रुट सस्तो पनि पर्ने बताइएको छ । सियान सरकारले सियानलाई दक्षिण एसियाली देशसँगको ट्रान्सपोर्टेसनको नयाँ कोरिडोरका रुपमा पनि विकास गर्न खोजेको छ । सियानबाट दक्षिण एसियाली देशहरुका लागि जहाज उड्डयनका रुपमा सियान सरकारले विकास गरिरहेको र पछि सोही पोर्टबाट सामान ढुवानी गर्नका लागि सडक सञ्जालको पनि विकास गर्ने जनाएको छ । सियान चिनियाँ महत्वाकांक्षी परियोजना बिआरआईको उद्गमस्थलका रुपमा मानिन्छ । पुरानो सिल्क रोडको पनि उद्गमस्थल मानिएको सियानलाई चीन सरकारले संसारसँग चीनलाई जोड्ने बिआरआई आयोजनाको केन्द्रका रुपमा मान्दछ । 
यसअघि भारतले नेपालमा नाकाबन्दी गरेको समयमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पारवाहन सन्धि नै गरेका थिए । यतिखेर पनि भारतले नेपालको लिम्पियाधुरा, लिपुलेकमा एकतर्फी रुपमा अतिक्रमण गरेकोले नेपालले आफ्नो जमिन समेटेर नयाँ नक्सा जारी गरेको छ र यसका कारण पछिल्लो समयमा दुई देशबीच विवाद उत्पन्न भएको छ । संयोगवस अहिले पनि नेपालमा ओली नै प्रधानमन्त्री छन् । यसै समयमा चीनले नेपाललाई नयाँ पोर्ट प्रयोग गर्न दिनेगरी विकसित घटनाक्रमलाई अर्थपूर्ण रुपमा लिइएको छ ।    
 
 




भर्खरै