१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्निचर उद्योगमा आगलागी



अ+ अ-

सिञ्जा । जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए। आगलागीबाट रु १६ लाख ११ हजार ३०० बराबरको क्षति पुगेको हो । राति आगलागी भएकाले भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको कल्पना सार्कीले बताउनुभयो । चार वर्षदेखि उक्त उद्योग सञ्चालनमा  थियो । मोफ्लावासीले कुटानी, पिसानी र काठ च्यात्नेदेखि सबै सेवासुविधा मिलबाट लिँदै आएका थिए । आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं यन्त्र जलेर नष्ट भएको पीडित सार्कीलाई उद्धृत गर्दै सिञ्जा गाउँपालिका–३ धितालीका पूर्णप्रसाद धितालले जानकारी दिए ।

आगलागी भएपछि बड्की प्रहरीचौकी तथा स्थानीय बासिन्दाको सहयोगमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । फर्निचर उद्योगमा रहेका यन्त्र, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु १६ लाख ११ हजार ३०० बराबरको क्षति भएको हो ।

आगलागीबाट फर्निचरसँगै गोदामघर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका हुन् । बड्की प्रहरी चौकीले क्षतिको मुचुल्का उठाइसकेको धितालले बताउनुभयो । आर्थिकावस्था कमजोर भएका सार्कीलाई फर्निचर उद्योगमा आगलागी भएपछि परिवार पाल्न धौधौ हुने भएको छ ।एकसरो लुगा र आम्दानीको प्रमुख स्रोत रहेको उद्योगमा आगलागी हुँदा अहिले बिजोग भएको छ । फर्निचरमा भएको क्षति हेरी वडा र गाउँपालिकाबाट सहयोगको  आशा गरिएको उनले बताए ।




भर्खरै