१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल



अ+ अ-

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममाउहाँले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताउनुभयो ।

उहाँले पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा राम्रो रहेको बताउनुभयो । पत्रकारहरुको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पु¥याउन जरुरी छ ।”

निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराउनुभएको थियो । मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा जाँदा दुर्घटनामा पर्नुभएका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गर्नुभएको छ ।

ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरणका लागि आफू तयार रहेको उहाँको भनाइ थियो । सोही क्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोन गरी मन्त्री खरेलले टेलिभिजनका तर्फबाट गर्न सक्ने सहयोगका लागि निर्देशन दिनुभयो ।

ढकालले आफू टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि जाने क्रममा दुर्घटना भएको भन्दै नेपाल टेलिभिजनमा स्थायित्व हुने गरी रोजगारको सुनिश्चितता गरिदिन मन्त्री खरेललाई अनुरोध गर्नुभएको थियो ।

पत्रकार ढकाल गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका क्रममा दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामा परी घाइते ढकालको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको छ । उहाँ विगत तीन महिनादेखि उपचारकै क्रममा हुनुहुन्छ ।