१२ असार २०८३, शुक्रबार
,
Latest
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाक टिकट प्रकाशनमा



अ+ अ-

काठमाडौँ । नेपाल–श्रीलङ्का दौत्य सम्बन्धको ६०औँ वर्ष महोत्सवको हुलाक टिकट प्रकाशनमा ल्याइएको छ । नेपाल फिलाटेलिक सोसाइटीद्वारा प्रकाशित सो टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले आज टाँचा लगाई प्रचलनमा ल्याउनुभयो ।

सन् १९५७ जुलाई १ मा नेपाल–श्रीलङ्का कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सदैव शान्त र समृद्ध रहँदै आएको छ । दुई देशको सम्बन्ध पूर्ण सद्भाव, आपसी समझदारी तथा सहयोगमा आधारित रहँदै आएको पाइन्छ ।

सन् १९७५ मा नेपालद्वारा श्रीलङ्काको राजधानी कोलम्बोमा वाणिज्य दूतावास स्थापना गरी प्रारम्भ भएको कूटनीतिक सम्बन्ध सन् १९९५ मा दूतावास स्थापना भएपश्चात थप प्रगाढ भएको थियो । टिकटमा टाँचा लगाउँदै सचिव सुवेदीले श्रीलङ्कासँगको कूटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै व्यापारिक सम्बन्धलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले नेपाल र श्रीलङ्काबीचको सम्बन्ध कूटनीतिक मात्र नभएर आर्थिक र सामाजिकसँग समेत जोडिएको बताउनुभयो ।