१२ असार २०८३, शुक्रबार
,
Latest
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटना घटाउन ‘हुट’ हटाउँदै प्रहरी



अ+ अ-

कावासोती । सवारीमा अत्यधिक भारका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ । पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको ‘हुट’नै हटाउने रणनीति अपनाएको हो । ट्राफिक प्रहरीले नवलपुरको पहाडी क्षेत्रमा अनावश्यकरूपमा सवारीमा जडान गरिएका ‘हुट’लाई हटाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख मुनेन्द्र थापाले बताए ।

पहाडी क्षेत्रमा चल्ने सवारीले यात्रुसहित ‘हुट’मा भारयुक्त सामान बोक्दा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै सबै सवारीको ‘हुट’ हटाउन थालिएको प्रमुख थापाले बताए । ट्राफिक कार्यालय नवलपुरले एकै दिनमा पहाडी क्षेत्रमा चल्ने सात वटा जीपका ‘हुट’ हटाएको छ । पटकपटक ‘हुट’मा यात्रु नराख्न अनुरोध गर्दासमेत यात्रु राख्न नछाडेपछि सवारीको ‘हुट’ आफैंले हटाउन थालेको ट्राफिक प्रमुख थापाले बताए । जिल्लाको पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने उनले बताए ।

उनका अनुसार बस व्यवसायी समिति र जीप व्यवसायी समितिलाई परिपत्र गरेर मापदण्ड कायम राख्न भने पनि व्यवसायीले अटेरी गरेपछि ट्राफिक प्रहरी आफैँले ‘हुट’ हटाउन थालेको हो । केही दिनभित्र पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने प्रमुख थापाले बताए । “हामीले समिति, सम्बन्धित सवारी चालकलाई अनुरोध गरेका छौँ, उहाँहरु आफैंले ‘हुट’ नहटाए हामी आफैँ हटाउँछौ”, प्रमुख थापाले भने, “यो हाम्रा लागिभन्दा पनि यात्रुले जोखिमपूर्ण यात्रा नगरुन् भनेर गरेका हौँ ।”

नवलपुरको बौदिकाली, बुलिङटार, हुप्सेकोट गाउँपालिकाका पहाडी क्षेत्रमा चल्ने सवारीले अनुमतिभन्दा धेरै यात्रुलाई राखेर जोखिमपूर्ण यात्रा गराउँदै आएका छन् । गाउँगाउँमा चल्ने सवारीले क्षमताभन्दा बढी यात्रु बोक्ने त्यसैमाथि भार थप्ने गरी सामान ओसार्दा सवारी दुर्घटना बढेको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि यो अभियान थालिएको ट्राफिक प्रमुख थापाले बताए ।

नवलपरासीपूर्व नवलपुरमा दिनहुँजसो सवारी दुर्घटनाका घटना हुने गरेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले अन्य विभिन्न कार्य गर्दै आएको छ । केही दिन अघि मात्रै प्रहरीले यहाँ रहेका निजी विद्यालयका विद्यार्थी बोक्ने बसमा अत्यधिक विद्यार्थी राख्ने गरेको भन्दै यसलाई रोक्न विद्यालयका सञ्चालकसँगको अन्तरक्रियासमेत गरेको थियो । सिट क्षमताभन्दा धेरै विद्यार्थी बसमा नराख्न अनुरोध गर्दै राखेको पाइएमा कारवाही गर्न थालिएको प्रमुख थापाले बताए ।