१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष सफल पार्न कार्यक्रम गरिने



अ+ अ-

भक्तपुर । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सन् २०२० जनवरी १ का दिन भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । उहाँले पर्यटन वर्षमा भूकम्पले क्षति पुर्याएका ११६ सम्पदामध्ये ९३ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको जानकारी दिँदै लोपोन्मुख सम्पदाको पुनःनिर्माण र संरक्षण कार्यलाई प्राथमिकता, सम्पदा क्षेत्रमा नियमित सरसफाइ, मर्मतसम्भार र झल्लर राख्ने व्यवस्था एवं निजी आवासीय घरलाई परम्परागत शैलीमा निर्माण गर्न अनुदानको व्यवस्था गरेको बताउनुभयो ।

“नेपाल भ्रमण वर्ष लाई लक्ष्य गरी चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव २०७६ गर्ने भएका छौं, त्यसको आवश्यक तयारीमा जुटिरहेका छौँ”, नगरप्रमुख प्रजापतिले भन्नुभयो–“रात्रीकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदा स्थलमा सौर्य र बिजुली बत्तीको व्यवस्था, पर्यटक बसपार्क, सूचना केन्द्र र स्तरीय शौचालय निर्माण गरिसकेका छौँ ।”

नगरपालिकाले स्थानीय पथप्रदर्शकलाई तालीम प्रदान गरी अझ व्यवस्थित, मर्यादित र आधिकारिक सूचना प्रदान गर्न स्थानीय पथप्रदर्शक परिचालन समितिमार्फत व्यवस्थापन गरिरहेको बताउनुहुँदै नगरप्रमुख प्रजापतिले नगरको सरसफाइ र हरियाली प्रवद्र्धनलाई विशेष महत्व दिइरहेको बताउनुभयो ।

नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न गर्ने अभियानका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका अध्यक्ष योगेश भट्टराईलाई जानकारीसमेत गराइएको छ ।