१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ घण्टाको यात्रापछि विद्यालय पुग्छन् विद्यार्थी



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई खान र लगाउनको पर्वाहविना किताबकापी काखी च्यापेर एकदेखि दुई घण्टाको बाटो हिँडेर पढ्न जानुपर्ने बाध्यता छ ।

यस्तै बाध्यतामध्येको एउटा उदाहरण हो महाभारत गाउँपालिका–१ छोटेसाहनका चन्द्रोदय प्राथमिक विद्यालयका बालबालिकाको जहाँ छिमेकी जिल्ला सिन्धुलीदेखि प्राथमिक तहमा अध्ययन गर्न विद्यार्थी आउने गरेका छन् । कक्षा २ का प्रदीप हिन्दुङ एक घण्टा हिँडेर विद्यालय आउने गर्नुहुन्छ । घरदेखि विद्यालयसम्म आउन बीचमा खोला पार गरेर आवतजावत गर्नुपर्ने उहाँको भनाइ छ । हिँड्न सहज हुने भए पनि किताबकापी काखी च्यापेर हिँड्नु पर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । “झोला छैन, सधैँ यसरी नै किताबकापी काखी च्यापेर विद्यालय आउने जाने गर्छु ”, हिन्दुङले भन्नुभयो, “हाम्रो गाउँबाट पढ्न आउने सबै यसरी नै आउँछन् ।”

अर्का कक्षा २ का सुरोत गोलेको पनि अवस्था उस्तै छ । उहाँलाई पनि घरबाट विद्यालयसम्म आउन एक घण्टा लाग्छ । “बिहान खाना खाएर आएदेखि बेलुका विद्यालय छुट्टी भएर गएपछि मात्रै खाजा खान पाइन्छ । विद्यालयमा आउँदा खाजा बोक्ने कहिल्यै गरेको छैन”, उहाँले भन्नुभयो, “गाउँका सबै साथीहरुको अवस्था यस्तै हो ।” सिन्धुली मात्रै होइन जिल्लाभित्रैका अन्य ठाउँबाट आउने बालबालिकालाई पनि त्यसभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ ।

एउटै कोठामा दुईतिर राखेर पढाउने गर्दै आएको सो विद्यालयका कक्षा २ र ३ एउटा कोठा र कक्षा ४ र ५ अर्कामा सञ्चालन भइरहेको छ । एकातिर शिक्षकले पढाउने बेलामा यताउताको कुराकानीबाट होहल्ला हुने भए पनि उनीहरु बाध्यताले एकै कोठामा पढ्दै आएका छन् । भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ९शिक्षा०ले भवन निर्माण गर्न सहयोग गरिरहेको भए पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिको कमजोरीका कारण ढिलाइ भइरहेको छ ।

सोही गाउँपालिका–७ मा रहेको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । भूकम्पबाट विद्यालय भवन भत्किएपछि टहरामा नै बसेर अध्ययन गर्दै आएका विद्यार्थी डेढदेखि दुई घण्टासम्म हिँडेर आउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक सञ्जनकुमार झाले बताउनुभयो । त्यहाँ तामाङ समुदायका मात्रै विद्यार्थी मात्र छन् जुन खानेपानी र शौचालयविना नै सञ्चालन भइरहेको छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने सुविधाका नाममा नयाँ विद्यालय स्थापना गर्न नसकिने बताउनुभयो । “हामी नयाँ थप्न सक्ने अवस्थामा छैनौँ, भएकोलाई व्यवस्थित गर्दै शिक्षामा पहुँच बढाउने काममा निरन्तर लागिरहेका छौँ”, उहाँले भन्नुभयो । भौगोलिक विकटताका कारण विद्यार्थीलाई पढ्नका लागि घण्टौँ हिँड्नुपर्ने र विद्यार्थी सङ्ख्या पर्याप्त नभएका कारण पनि यस्तो समस्या व्यहोर्न बाध्य भएको अध्यक्ष जिम्बाले बताउनुभयो ।