१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० करोडमा तामाङ सङ्ग्रहालय बन्ने



अ+ अ-

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आइतबारे उद्यान परिसरमा तामाङ सङ्ग्रहालय बन्ने भएको छ । नगरपालिकाको उच्च भागमा रहेको करीब तीन सय रोपनी क्षेत्रफलमा सङ्ग्रहालय बन्ने नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो । “उक्त सङ्ग्रहालय नगरकै मुख्य आकर्षणका रुपमा रहने छ ”, प्रमुख खरेलले भन्नुभयो ।

रु बीस करोड लगानी रहने सङ्ग्रहालयमा तामाङ संस्कृति, रहनसहन र समुदायको जन्मेदेखि मृत्युसम्मका संस्कार झल्किने विषय रहने छन् । सङ्ग्रहालयमा नेपालबाट लोप भइसकेका वा हुन लागेका झोलुङ्गे पुल, पानीघट्ट, माछापोखरीलगायतका प्रतिकृति पनि राखिने बताइएको छ । प्रदेश नं ३ मा तामाङ समुदायको बाहुल्य छ ।

प्रदेशसभा सदस्य दीपक निरौलाले अबको दुई वर्षमा सङ्ग्रहालय निर्माण हुने बताउनुभयो । “तामाङ सभ्यतासँग जोडिएको सङ्ग्रहालय निर्माण भएपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा समेत ठूलो योगदान पुग्ने छ”, उहाँले भन्नुभयो ।