१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा दुई जनाको मृत्यु



अ+ अ-

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षको प्रभात यादवको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको च१च १३८१ नंको स्कोरपियोले विपरीत दिशाबाट आउँदै गरेको यादव सवार स१०प ८२५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।