१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरहरा निर्माण कार्यको अनुगमन



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको निर्माण कार्यको अनुगमन गरी पछिल्लो प्रगतिको अवस्थाबारे जानकारी लिनुभएको छ ।

अनुगमनपछि ज्ञवालीले प्राधिकरणले पछिल्लो समय तय गरेको कार्ययोजना अनुसार नै काम भइराखेको बताउनुभयो । उहाँले जमिनमुनिको २ वटा बेस र माथिको तीन तलाको काम सकिएको बताउनुभयो । अहिले चौथो तलाको काम भइराखेको समेत उहाँले बताउनुभयो । उहाँले एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइराखेको समेत बताउनुभयो । उहाँले १५ दिनमा एक तला ढलान गर्दा तल्लो तलाको ढलानको बेस ननिकाल्ने भएकाले धरहरा निर्माणमा गुणस्तरमा कुनै कमी नहुने समेत बताउनुभयो ।

अनुगमनमा रमण कन्ष्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले धरहराको भैतिक रुपमा ३३ प्रतिशत र वित्तीय रुपमा २२ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । उहाँले भौतिक रुपमा काम भएपनि भुक्तानी भइनसकेकोले वित्तीय प्रगति कम देखिएको बताउनुभयो । उहाँले धरहरा निर्माणको काम तोकिएकै समयमा सक्ने गरी काम भइराखेको जानकारी दिनुभयो ।

तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी सुरुगरिएको पुननिर्माणको कामले पछिल्लो समय तिब्रता पाएको हो । २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि गत वर्षको पुष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । अहिले दैनिक १ सय ५० जनाले निर्माणको काम गरिरहेको जानकारी रमण कन्ष्ट्रक्सनले दिएको छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुनेभएपनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुने छ । धरहरामा बगैंचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।