९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण



अ+ अ-

काठमाडौँँ। समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नगर प्रहरीलाई प्रशिक्षण दिइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रको प्राविधिक व्यवस्थापनमा चार दिने प्रशिक्षण दिइएको हो ।

समुदायसँगको सहकार्यमा सुरक्षा निकायको एकीकृत पहलले मात्रै विपद् व्यवस्थापन प्रभावकारी हुने उद्देश्यका साथ प्रशिक्षण आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।

यही चैत ६ गतेदेखि सुरु भई आज सम्पन्न प्रशिक्षणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका आठ–आठ जनाका दरले २४ जना र ललितपुर महानगरपालिकाका दुई जना नगर प्रहरी गरी २६ जनालाई प्रशिक्षण दिइएको प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले यस प्रकारको प्रशिक्षणले खोज तथा उद्धार क्षमता वृद्धि गर्नुका साथै प्रतिकार्य गर्दा सुरक्षा निकायबीच एकरुपता बढाउन पनि मद्दत मिल्ने धारणा व्यक्त गर्नुभयो । रासस