१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह



अ+ अ-

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निःवर्तमान अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डाहरूलाई सरकारको नीति र कार्यक्रममा समावेश गराउन सफल भएको बताउनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको सम्मानमा आयोजित बधाई कार्यक्रममा बोल्दै कार्कीले विगतको कार्यकालमा इप्पानले उठाएका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको र ती एजेण्डालाई कार्यान्वयनको चरणमा लैजानु अबको मुख्य चुनौती रहेको उल्लेख गर्नुभएको हो ।

निःवर्तमान अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा भएका उपलब्धिहरूको चर्चा गर्दै जलविद्युत अनुमतिपत्र (लाइसेन्स) को अवधि ५० वर्ष कायम गर्ने, १८० दिनभित्र विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न गर्ने र वन क्षेत्रका कानूनी अड्चनहरू सुल्झाउने जस्ता विषयमा सरकारसँग सहमति जुटेको जानकारी दिनुभयो ।

यस्तै, सरकारले घोषणा गरेको ‘एकद्वार प्रणाली’ (वान-डोर पोलिसी) लागू गर्ने प्रक्रिया अघि बढेको र बजेटमार्फत १० मेगावाटसम्मका आयोजनाहरूलाई ‘टेक अर पे’ (त्बपभ यच एबथ) को आधारमा पीपीए गर्ने सुनिश्चितता गरिएको उहाँले बताउनु भयो । कार्कीले नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित केही प्राविधिक र प्रक्रियागत समस्याहरू अझै बाँकी रहेको औँल्याउनु भयो ।

इप्पानको नयाँ नेतृत्व सहमति र सहकार्यका आधारमा निर्विरोध चयन हुनुलाई ठूलो उपलब्धिका रूपमा चित्रण गर्दै कार्कीले नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा रहेको टोली निकै सक्षम र ऊर्जावान रहेको बताउनु भयो । नयाँ कार्यसमितिमा पुरानो अनुभव र नयाँ युवाहरूको जोसको राम्रो सन्तुलन रहेकाले ऊर्जा उद्यमीहरूको हितमा प्रभावकारी काम हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आरसीओडीको समस्या, हाइड्रोलोजी पेनाल्टी र कन्टिन्जेन्सीका विषयमा प्राधिकरणसँग निरन्तर छलफल भइरहेको छ । यी विषयलाई स्थायी रूपमा समाधान गर्न नयाँ कार्यसमितिले तदारुकता देखाउनुपर्छ ।’

निःवर्तमान अध्यक्ष कार्कीले संस्थालाई सशक्त बनाउन र आफ्ना मागहरू स्थापित गर्न सहयोग गर्ने सम्पूर्ण कार्यसमिति सदस्य, ऊर्जा उद्यमी र सांसदहरूप्रति आभार प्रकट गर्नुभयो । आगामी दिनमा कार्यसमितिले मात्र नभई सम्पूर्ण सदस्यहरूको सक्रिय सहयोगबाट मात्रै ठूला उपलब्धि हासिल गर्न सकिने भन्दै उहाँले एकतामा जोड दिनुभयो ।