२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारपछि जयनगर–कुर्था रेल सेवा शुरू हुने



अ+ अ-

काठमाडौं। भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल सञ्चालनका लागि तीव्ररूपमा काम भइरहेको रेल विभागले जनाएको छ।
विभागले तिहारपछि रेल सञ्चालन गर्ने लक्ष्यका साथ काम गर्दै छ, यसका लागि रेल मार्गको निर्माण अन्तिम चरणमा पुगेको छ भने दुईवटा रेल–गाडी निर्माणको काम भइरहेको छ।
विभागका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) अमन चित्रकारका अनुसार खरिद आदेश भइसकेको छ, सोहीअनुसार आपूर्तिकर्ताले उत्पादन गर्दै छ।लिक निर्माणको अन्तिम चरणमा पुगेको इनरुवा खण्ड आसपासमा कमला नदीको तटबन्द भत्केर क्षति पुगेका कारण दोहोरो काम गर्नुपरे पनि निर्धारित समयमा काम सक्न विभाग लागिरहेको बताइएको छ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको रेल मार्गमा रेल सञ्चालन गर्न रेल गाडी खरिद भने नेपालले गर्नुपर्ने सम्झौतामा उल्लेख छ।त्यसैअनुसार नेपाल सरकारले दुई रेल गाडी खरिद गर्ने निर्णय गरेसँगै विभागले यसअघि नै रेल खरिदको प्रक्रिया अघि बढाइसकेको हो।

विभागले डिजेलमार्फत चल्ने रेल गाडी सञ्चालनमा ल्याउने तयारी गरेको छ। छोटो र मध्यम दूरीका लागि उत्तम मानिने डेमु ९डिजेल इलेक्ट्रिफाई मल्टिपल युनिट० रेल गाडी विभागको रोजाइमा छ। ‘विभागले रेल खरिद प्रक्रिया सकाएको अवस्था छ।

अहिले उक्त रेल उत्पादन गर्न शुरू गरिसकेको छ भने चाँडै नेपाल ल्याउने विश्वास लिएको छु।’ –चित्रकारले भन्नुभयो। सरकारकै लगानीमा रेल खरिद गर्न पुस २९ गते बसेको मन्त्रिपरिषद्ले विभागलाई सहमति दिएको थियो। रेल गाडी खरिदका लागि सरकारले करिब ८५ करोड रुपियाँ रकम विनियोजन गरिसकेको छ। पहिल्यै सञ्चालनमा रहेको जयनगर–जनकपुरमा चलेको न्यारो ग्रेजको रेलमार्गलाई जनकपुरको कुर्था ९३५ किमि०सम्म पुर्याई ब्रोड ग्रेजमा स्तरोन्नति गरिएको छ।

त्यस्तै सरकार आफैले रेल सञ्चालन गर्ने सोच राखे पनि अहिलेसम्म नेपालसँग रेल सञ्चालन गर्नसक्ने कुनै प्रकारको जनशक्ति छैन।विभागले रेल आफैले किने पनि सञ्चालनको जिम्मेवारीमा विदेशीलाई नियुक्त गरेर नेपाली पक्ष यसमा दक्ष नहुन्जेल सञ्चालन गर्न दिने सोच राखेको छ। यसो गर्दा नेपाली कामदारले दक्ष हुने अवसर पाउने सीडीई चित्रकारले जानकारी दिनुभयो।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै