२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक विवाद टुंग्याउन राज्य व्यवस्था समिति सक्रिय



अ+ अ-

काठमाडौं । वैवाहिक अंगीकृत नागरिकताको विषय उपसमितिले टुंगो लगाउन नसकेपछि यही अधिवेशनमा नागरिकता विधेयक टुंगो लगाउने गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गृहकार्य अघि बढाएको छ । एक वर्षदेखि समितिमा अड्किएको नागरिकता ऐन संशोधन गर्ने विधेयकको करिब सबै विषय टुंगिए पनि वैवाहिक अंगीकृत नागरिकतालगायत केही विषय मात्रै मिल्न बाँकी भएकाले अब छलफल विवादित विषयमा केन्द्रित हुने समितिले जनाएको छ ।

‘कतिपय माननीयहरू यतिवेला राजधानी बाहिर हुनुहुन्छ । काठमाडौंमा उपलब्ध हुनासाथ समिति बैठक बस्छ । अब समितिले नागरिकता विधेयकमाथिको विवाद समाधान गर्नेबारे छलफललाई अगाडि बढाउँछ,’ समिति सभापति शशी श्रेष्ठले भनिन् । संघीय संसद्को जारी चौथो अधिवेशनमा नै सहमतिको प्रतिवेदन बुझाउने गतिमा छलफल अघि बढाउने उनले बताइन् । ‘यसअघिकै अधिवेशनमा टुंगो लाग्ने ठानेर हाउसमा पेस गर्ने प्रतिवेदनको खाका बनाएरसमेत राखियो । अन्तिममा यिनै विषयमा कुरा अड्किएपछि पेस हुन पाएन । अहिलेकै अधिवेशनमा प्रतिवेदन हाउसमा प्रस्तुत गर्ने गरी अब हामी बैठक राख्छौँ,’ उनले भनिन् ।

वैवाहिक अंगीकृत नागरिकतासहित विधेयकका मुख्य विषयमा सहमति जुट्न नसक्दा ०७५ को साउन २२ गते दर्ता भएको विधेयक संसदीय समितिमै रोकिएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यही विधेयकमाथि दर्जनौँपटक छलफल भए पनि मुख्य विवाद समाधान भएको छैन ।

उपसमितिले दियो अपूर्ण प्रतिवेदन
दुई सप्ताभित्र वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषय टुंगो लगाउन भन्दै गत ७ चैतमा राज्य व्यवस्था समितिले उपसमिति गठन ग¥यो । नेकपा सांसद विजय सुब्बाको संयोजकत्वमा गठित समितिले यही विषयमा पटक–पटक छलफल गरे पनि सहमति जुटाउन सकेन । ‘उपसमितिले प्रतिवेदन बुझाएको छ । वैवाहिक अंगीकृत नागरिकताको विवाद मिलाउने जिम्मा अब फेरि समितिमा आएको छ । कसरी टुंगो लगाउने भन्नेबारे समितिमा छलफल हुन्छ,’ समिति सभापति श्रेष्ठले भनिन् । राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेर वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विवाद समाधान गर्न भन्दै समितिले उपसमिति बनाएको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै