७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको प्रतिवेदनमा टिप्पणी : कांग्रेसलाई हेर्ने दृष्टिकोण देखेर दया लाग्यो



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल काँग्रेसले सत्तारुढ दल नेकपाको राजनीतिक प्रतिवेदनमा काँग्रेसबारे इमान्दार दृष्टि नराखि दृष्टिदोष प्रस्तुत गरेको बताएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्ने तर दृष्टिदोषमाथि केवल दया मात्र गर्न सकिने भन्दै विनम्र ढंगले दया व्यक्त गर्ने बताए ।

उनले भने, ‘अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ ।’ दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्ने भन्दै उनले भने, ‘दृष्टिदोषमाथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’

कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको प्रवक्ता शर्माले बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले निजामति कर्मचारीहरुको ट्रेड युनियन, गोगंबु बसपार्क प्रकरण, नेकपाको पार्टी कार्यालय लगायतका विषयमा काँग्रेसको धारण सार्वजनिक गरेका थिए ।




भर्खरै