७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु



अ+ अ-

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका–६, नौबीसेमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम चम्पारनका अन्दाजी ४२ वर्षीय सत्यनारायण दास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले दिएको जानकारी अनुसार दासलाई काठमाडौंबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रकले बुधबार राति ११ः३० बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि नेसनल अस्पताल कलंकी पुर्‍याइएकोमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो ।

प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालक सुनौली नगरपालिका–९ का ३५ वर्षीय यमबहादुर पाइजा मगरलाई नियन्त्रणमा लिएको छ ।




भर्खरै