७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिसिजन: स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड विजयी



अ+ अ-

काठमाडौं । प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड विजयी भएका छन् ।

अमेरिकामा बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २–१ गोलले हरायो । अर्को खेलमा रियल म्याड्रिडले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई १–० गोलले हरायो । बार्सिलोनाको जितमा सर्जियो बुस्केट र इभान र्याकीटिच ले समान एक एक गोल गरे । यता स्यामुएल उम्टिटीले भने आत्मघाती गोल गरे ।

खेलको ३९औँ मिनेटमा बुस्केटले पहिलो गोल गरेका थिए ।डिबक्सबाट गरेको सशक्त प्रहारलाई नापोलीका गोलरक्षकले रोक्न भ्याएनन् । त्यसपछि नापोलीले ४२ औँ मिनेटमा आत्मघाती गोल सहयोगमा मिनेटमा बराबरी गोल फर्कायो । बार्सिलोनाका उम्टिटीको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।

त्यसपछि बार्सिलोनाले ७९औं मिनेटमा निर्णायक गोल गरेको थियो ।र्याकीटिचको लामो दुरीबाट गरेको सशक्त प्रहार सोझै गोलमा परिणत भएको थियो ।त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र बार्सिलोना विजयी भयो ।

यता रियलको जितमा इडेन हाजार्डले निर्णायक गोल गरेका थिए । हाजार्डले १९औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । रियलमा हजार्डको यो डेब्यु गोल हो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेललाई यस खेलमा पनि टोलीमा राखेका थिएनन् । चीनको शीर्ष क्लब जाने प्रक्रियामा रहेका बेललाई रियल व्यवस्थापनले क्लब छाड्न दिएको छैन ।




भर्खरै