१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री मगरका पूर्व पतिसहित ३ जनाद्वारा आत्मसमर्पण, शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता



अ+ अ-

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका छन्।

केही समयअघि काभ्रेबाट पार्टीका मध्यक्षेत्र कमाण्डर हेमन्तप्रकाश वलीसँगै पक्राउ परेका मध्य कमाण्ड सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी सहित ३ जना नेताले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गर्नेमा सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी, संजिव कार्की र देवराज घिमिरे रहेका छन् ।

उनीहरुले हिंसाको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता गर्दै पार्टीसमेत परित्याग गरेको घोषणा गरेको प्रशासन स्रोतले जनाएको छ ।

पक्राउपछि उनीहरुमाथि राज्यद्रोहको मुद्दा लगाइएको थियो । ललितपुर जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा रिहा गरेलगत्तै पार्टी नै परित्याग गरी आत्मसमर्पण गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।

‘उहाँहरुले विप्लव समुह परित्याग गरी खुला राजनीतिमा आउनु भएको छ,’ प्रजिअ जोशीले नेपालखबरसँग भने ‘हिंसात्मक गतिविधिका प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता भेटिए कडा कारबाही गर्ने चेतावनी दिएको थिएँ।’

विप्लव समुहका भरपर्दा नेता अधिकारीले आत्मसमर्पण गरेको केही मिनेटपछि काठमाडौं उपत्यकामा श्रृंखलावद्व बम बिस्फोटका घटना भएका थिए। घटनाका समय अधिकारी सहितको समुह प्रहरी निगरानीमै थियो।

रौतहट इन्चार्ज अधिकारी तत्कालीन एमाओवादीको काठमाडौंं जिल्ला नेता थिए भने उनी खानेपानीमन्त्री बिना मगरका पूर्व पति समेत हुन् । पार्टी विभाजनसँगै उनी वैद्य खेमा हुँदै विप्लव समूहमा लागेका थिए ।