१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको विरोध गर्नेहरु एनजीओ र आइएनजीओबाट परिचालित भएका हुन् : मन्त्री बास्कोटा



अ+ अ-
फाइल फाेटाे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार प्रेसको विपक्षमा रहेको भन्ने आरोप गलत रहेको बताएका छन् । उनले नेपाली प्रेसलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा सरकारले छलफल गरिएको बताए ।

प्रेस संगठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औं कृष्ण सेन स्मृति दिवस २०७६ पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री बास्कोटाले संसदमा पेस भएको मिडिया काउन्सिल विधेयकको विषयमा बकवास विरोध भएको भन्दै, एनजीओ र आइएनजीओबाट परिचालित भएर सरकारको विरोध गरिरहेको आरोप लगाए ।

मन्त्री बास्कोटाले भने, ‘संविधानका मान्यताभन्दा बाहिर गएर सरकारले कुनै काम गर्दैन् ।’ ‘प्रेस जगत संवेदनशील छ र यसलाई व्यवस्थित र मर्यादित बनाउन सरकार लागि परिरहेको छ ।’