२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण हटायो फेसबुकले प्रमुख प्रतिपक्षी दल कंग्रेसको ६८७ पेज



अ+ अ-

नयाँदिल्ली । भारतमा निर्वाचनको सँघारमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस (कंग्रेस–आई)का सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्ट हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ।

सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लंघन गरेको भनी कंग्रेस–आई सम्बद्ध ती पेज हटाएको हो। भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आमनिर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीलाई होचाउने, गाली गर्ने र झूटो प्रचार गर्ने खालका सामग्री सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेज हटाइएको फेसबुकको भनाइ छ।

‘अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लंघन भएको निष्कर्षसहित उक्त दल आबद्ध मानिएका पेज, समूह तथा एकाउन्ट कम्पनीले हटाएको छ’, फेसबुक कम्पनीले भनेको छ।

भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६८७ पेज र एकाउन्टले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएको फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले बताए। ‘यी गतिविधिमा संलग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरीत हुनेगरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ।’

सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकार लगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरुपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दबाव दिँदै आएका खबर आउने गरेका छन्। यसैबीच भारतीय कंग्रेसका नेता मनीष तिवारीले आफूहरूले वास्तविक रिपोर्टबारे अध्ययन गर्न बाँकी रहेको बताए।सिन्ह्वा




भर्खरै