२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : आर्सनलद्धारा न्युक्यासल पराजित



अ+ अ-

काठमाडौँ । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासललाई पराजित गरेको छ । सोमबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा आरोन रमसी र एलेक्जेन्डर लेकाजेटले गोल गरे ।

खेलको ३० औं मिनेटमा रमसीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनकै गोलमा आर्सनलले पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको थियो । खेलको दोस्रो हाफमा आर्सनलले अर्को गोल थप्दै जित हात पारेको हो ।

खेलको ८३ औं मिनेटमा आर्सनलले लेकाजेटको गोलबाट २(० गोलको जित हात पारेको हो ।

यो जितसँगै आर्सनल लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्सनलले टोटनहृयामलाई पछि पार्दै तेस्रो स्थानमा पुगेको हो । आर्सनलको ३१ खेलबाट ६३ अंक रहेको छ । यता, चौथो स्थानमा रहेको टोटनहृयामको भने समान खेलबाट ६१ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुलको ३२ खेलबाट ७९ अंक रहेको छ । लिगको दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीको भने ३१ खेलबाट ७७ अंक छ ।