२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको काम तीव्र गतिमै बढेको छ, यसरी काम भए ‘सुखि नेपाली, समृद्धि नेपाल’को लक्ष्य हासिल गर्छु : प्रम



अ+ अ-

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपालको विकास तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले यसरी नै विकासका कामहरु बढ्दै गएका छिट्टै “सुखि नेपाली, समृद्धि नेपाल”को लक्ष्य हासिल गर्ने सक्ने बताए ।

झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताए ।

देशको विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउदै ओलीले भने, “कृषि बजारलाई व्यवस्थित बनाउँदै यसको विकास गर्न वर्तमान सरकार प्रयत्नशील छ ।” देशको विकासमा सबैको सहभागिता भएमात्र देश विकासको प्रतिफल प्राप्त हुने उनको भनाइ थियो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पशुपक्षी हाटबजारको प्रशासनिक भवन तथा बजारको समेत उद्घाटन गरेका थिए।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, दमक नगरपालिका प्रमुख रोमनाथ ओलीको सहभागिता थियो ।