२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही बजारमा ग्यास सिलिन्डर पड्कियो



अ+ अ-

मलंगवा । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारी बजारमा ग्यास सिलिन्डर पड्किएरको छ ।

सोम‍बार बिहान आगलागी हुँदा पसलमा राखिएको ग्यास सिलिन्डर पड्किएरको थियो । सिलिन्डर पड्किदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागीमा परी ३ वटा पसल र १ वटा घर समेत जलेर नष्ट भएको प्रहरी जनाएको छ।

घाइते हुनेमा हरिपुर नगरपालिका ९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका १ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाहिने खुट्टा जलेको छ। त्यसैरी सिलिन्डरबाट उछिटिएका टुक्रा लागेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मन्जुर अन्सारीको खुट्टा भाच्चिएको छ।