२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई दिने विद्यार्थी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु



अ+ अ-

मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

एसइई परीक्षा दिने विद्यार्थी बोकेर आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल आज बिहान ७ः३० बजे एकापसमा ठक्कर खाँदा धादिङ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले जानकारी दिए ।

धमलाको उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको प्रमुख गिरीले बताए । दुर्घटनामा भ्यानका चालक सामान्य घाइते भएका छन् । दुर्घटनाका कारणबारे अनुन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।