२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला सुनचाँदीको मूल्य आज पनि घट्यो दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा.वाग्ले सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेत ५६ वर्षपछि नयाँ चलचित्र ऐन आउँदै, देशभर थप ५० सिनेमा हल बनाउने बोर्डको योजना लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीको तीन वर्षे कार्ययोजनाः ऐन संशोधनदेखि प्रविधि विस्तारसम्म लागुऔषध नियन्त्रणका लागि मौजुदा संरचना र कानून अपर्याप्तः निश्कल राई लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमार युएईएफएको कारबाहीमा परे



अ+ अ-

एजेन्सी । युरोपियन फुटबल महासंघ (युएईएफए) ले पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेइमारलाई कारबाही गरेको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयबारे सामाजिक सञ्जालमा आपत्तिजनक प्रतिक्रिया दिएका कारण युएईएफएले नेइमारलाई कारबाही गरेको हो ।

खुट्टाको चोटका कारण आराम गरिरहेका नेइमार त्यस खेलमा बेन्चमा थिए । उनले रेफ्रीको निर्णयप्रति असन्तुष्ट जनाउँदै फुटबल नबुझेको रेफ्रीले ह्यान्डबल दिएको भन्दै इन्स्टाग्राममा विरोध गरेका थिए ।

नेइमारलाई तीन खेलको प्रतिबन्धको कारबाही गरेको छ । तर, युएईएफएले प्रतिबन्ध हुने खेलबारे उल्लेख गरेको छैन ।

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पीएसजी युनाइटेडसँग ३–१ गोलले पराजित हुँदै बाहिरिएको थियो ।

उक्त खेलमा युनाइटेडले भिएआरको सहायतामा पाएको पेनाल्टीमा गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।