काठमाडौं । काठमाडौंको भद्रकाली सडकबाट नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताहरु (बन्दकर्ता्र) हरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सडकमा टायर बालेर बन्दकर्ताहरुले बन्दलाई सकृय बनाईरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बन्दकर्ताहरुले ''दलालहरु होशियार…नालायक सरकार मुर्दावाद…'' जस्ता नाराहरु लगाएका थिए ।
प्रहरीले बन्दकर्ताहरुलाई नियन्त्रणमा लिने क्रममा घम्साघम्सी समेत भएको छ भने कयौंलाई नियन्त्रणमा समेत लिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै नेपाल बन्दको घोषणा गरेको थियो । सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
(फोटोफिचर)











