७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त कर्णाली प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गर्नुभएको छ ।  

पदबहाली गर्नुभएका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभयो । उक्त स्वागत कार्यक्रममा प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“कर्णालीवासी र यहाँको सम्पूर्ण विकासको सवालमा म निष्पक्ष र ईमान्दारिताका साथ काम गर्नेछु र त्यसमा यहाँको साथ सहयोग रहनेछ”, उहाँले भन्नुभयो, “यहाँहरूबीच आएका काम गर्ने अवसर पाउँदा मलाइ खुशी र गौरव लागेको छ ।” इतिहासले कर्णालीवासीका लागि काम गर्ने अवसर दिएको उहाँको भनाइ थियो । 

नेपाल सरकारको यही कात्तिक २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको प्रमुख तिलक परियारसहित १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नुभएको थियो । 

नवनियुक्त तीनवटै प्रदेशका प्रमुखले कात्तिक २५ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।




भर्खरै