७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बार एसोसिएसनको आन्दोलन जारी, अदालतको प्राङ्गण बाहिर निकाल्न प्रहरी बल प्रयोग (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन जारी छ । प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै बार एसोसिएसनले निरन्तर आन्दोलन गरिरहेको छ । बिहीबार सर्वोच्च अदालत प्राङ्गणमा विरोधको कार्यक्रम गर्न पुगेको बारका पदाधिकारी लगायतका अधिवक्ताहरुलाई प्रहरीले बल प्रयोग गरी सर्वोच्च प्राङ्गणबाट बाहिर निकालेको छ । माइक राखेर कार्यक्रम गर्न खोज्दा प्रहरीले माइक हटाइ अधिवक्ताहरुलाई सर्वोच्च अदालतको प्राङ्गण बाहिर निकालेको हो । 

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा बार मात्रै लागेर नपुग्ने भन्दै आम नागरीकहरु राजिनामा माग्दै सडकमा आउनुपर्ने बताउनुभयो । उहाँले न्यायपालिकाको सुधारमा बाधक बन्नेहरुको राजिनामा पछि पनि सम्पति विवरण सार्वजनिक गर्ने र जफत गराउन लाग्ने बताउनुभयो । उहाँले आफुहरुलाई स्वच्छ, निर्भिक र स्वतन्त्र प्रधानन्यायाधीश चाहिएको उल्लेख गर्दै त्यस किसिमको प्रधानन्यायाधीश नल्याउन्जेल आन्दोलन जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो – ‘न्यायपालिकाको सुधारमा जो जो बाधक हुन्छन् । जो कोही बाधक हुन्छन् । उसको राजिनामा आइसकेपछाडी पनि उसको सम्पति विवरण सार्वजनिक गराउने मात्र होइन, जफत गर्ने काममा हामी लागि पर्नेछौँ । यसका लागि सम्पूर्ण कानून व्यवसायीहरु, सेवाग्राहीहरु, न्यायकर्मीहरु, कर्मचारीहरु, नागरिक समाज सम्पूर्ण नेपाली नागरिक यो पार्टमा लाग्नुहुनेछ । 

सर्वोच्च अदालतको प्राङ्गणमा जुन सिमा दिइएको छ त्यो सिमामा सिमित भएर हामीले शान्तिपूर्ण कार्यक्रम गरेका थियौँ । माइक राखेर कार्यक्रम गर्न खोज्दाखेरी, उसले कहाँ – कहाँको मान्छे ल्याएर कार्यक्रम गर्न हुने, हामी कानून व्यवसायी, बारले आफ्नै प्राङ्गणमा कार्यक्रम गर्दाखेरी, रोक्न आउने, पुलिस लगाउने, यसबाट के देखियो त भन्दाखेरी, न्यायपालिकालाई प्रहरी प्रशासनबाट डोमिनेट गरेर, करप्शनलाई बढाउने काम गरिराखेको छ । बिचौलियाको नाइके हामीलाई चाहिएको छैन । हामीलाई शुद्ध न्याय दिने, निष्पक्ष न्याय दिने, स्वच्छ न्याय दिने, निर्भिक न्याय दिने, स्वतन्त्र न्यायपालिकाको प्रधानन्यायाधीश चाहिन्छ । त्यसकिसिमको प्रधानन्यायाधीश जबसम्म हामीले ल्याउन सक्दैनौँ, तबसम्म यो आन्दोलनको कार्यक्रम हो । नेपाल बार मात्र होइन अब सम्पूर्ण नागरिकमा यो गइसकेको छ, भोलि तपाईहरु सम्पूर्ण साथीहरु प्रधानन्यायाधीशलाई गेटबाट प्रवेश गर्न नदिनका लागि भोली १० बजे नै हामी सबै साथीहरु यहाँ भेला हुन आउनुहोला । नागरिकहरु पनि अब सडकमा आए हुन्छ । हिजोका दिनमा हामीले सम्हाल्न सकिन्छ कि भन्ने थियो तर अब छैन । उसले बिचौलिया, भ्रष्टाचारलाई झन झाङ्गीन दिने भयो । त्यसकारणले उहाँहरुलाई हटाउनको लागि सम्पूर्ण नागरिक समाजको सहयोगको आवश्यकता पर्दछ । बारले आफ्नै किसिमले गर्छौ । तपाईहरुले पनि आ–आफ्नो ठाउँबाट गर्नुहोस् । हामी बारको सहयोग हुनेछ ।’

नेपाल बार एसोसिएसनले भोली(शुक्रवार) प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ । अध्यक्ष श्रेष्ठले बिहान १० बजे प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि सर्वोच्च गेटमा उपस्थित हुन कानुन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले न्यायाधीशहरुलाई वेञ्च बहिष्कार गर्न तथा प्रधानन्यायाधीशले तोकेको इजलासमा नबसेर आन्दोलनमा सघाउन पनि आग्रह गर्नुभयो । विरोध कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले प्रधानन्यायाधीश जबरा प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश देशद्रोही गिरोहको मान्छे भएको आरोप लगाउँदै यस्तो प्रधानन्यायाधीश नचाहिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सेटिङ गर्ने प्रधानन्यायाधीश, भ्रष्टाचारी प्रधानन्यायाधीश हामीलाई चाहिँदैन । एउटा गिरोह प्रजातन्त्रलाई, गणतन्त्रलाई सखाप पार्ने षड्यन्त्रको रुपमा अगाडी बढीरहेको छ । गिरोहमा छन् । प्रजातन्त्रलाई समाप्त पार्ने सेटिङमा छन् यिनी । त्यसैले यिनलाई ननिकालिकन न्याय पाउँदैन । हामी मर्न तयार छौँ, त्यसमा चिन्ता नगर्नुहोला हामी छोड्दैनौँ । यिनी देशद्रोहीका मान्छे हुन् । गिरोहका मान्छे हुन् ।

सर्वोच्चमा भएको विरोध प्रदर्शनमा बिचौलियाको नाइके राजिनामा दे, भ्रष्टाचारी नाइके राजिनामा दे, नेपाल बार जिन्दावाद, भ्रष्ट प्रधानन्यायाधीश राजिनामा दे, प्रहरी आतंक बन्द गर, हाम्रो आन्दोलन जारी छ भनि नाराबाजी समेत भएको थियो ।




भर्खरै