७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्दाको पेसी गोलाप्रथाद्वारा तोक्ने परिपाटी बसालौँः अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयबारे उठेका प्रश्न सम्बोधन गर्न तथा विधि र पद्धति स्थापित गर्न नेतृत्व सुध्रिन आवश्यक रहेको बताउनुभएको छ । यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सर्वोच्च अदालतका न्यायाधीशका सम्बन्धमा आएका विषयवस्तुबारे छानविन गर्न समयन्त्र आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अदालतको काम कारवाहीलाई प्रभावित र बद्नाम गराउने विचौलियालाई रोक्ने बेग्लै संयन्त्रको खाँचो छ, सर्वोच्च अदालतका न्यायाधीशको सम्पत्ति विवरण पनि सार्वजनिक गर्न जरुरी छ ।” निष्पक्ष न्यायसम्पादनका लागि योग्य र सक्षम न्यायाधीश नियुक्तिलाई पारदर्शी तुल्याउन रोष्टर बनाउन सुझाव दिँदै उहाँले मुद्दाको पेसी गोलाप्रथाद्वारा तोक्ने परिपाटीलाई स्थापित गर्न सुझाव दिनुभयो ।

नेपाल बार एशोसिएन सर्वोच्च अदालतसँग जोडिएका विषयलाई लिएर चरणबद्ध आन्दोलनमा रहेका बेला अध्यक्ष श्रेष्ठले समस्याको छिटो निकासका लागि सरकार र सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराउँदै केही दिनभित्रै ज्ञापनपत्र दिने जानकारी दिनुभयो । 




भर्खरै