७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबारदेखि १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप, क–कसले पाउनेछन् ?



अ+ अ-

काठमाडौं । सरकारले आइतबारबाट कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर खोप दिने भएको छ ।

जसअनुसार खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोस्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइन लागिएको हो । यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्ने हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पुर्जा लिएर तोकिएको अस्पताल जानुपर्ने छ ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले उपलब्ध गराएको १ लाख डोज खोप दिने भएको हो । खोप लगाउन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

खोप पाउने लक्षित वर्गहरुः 
मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका

जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका

फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका

अंग प्रत्यारोपण गरेका

मृगौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका

मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका

उच्च रक्तचाप वा मधुमेह भइ उपचार गराइरहेका

रोग प्रतिरोधात्मक क्षमता कम भएका अवस्थाका
 




भर्खरै