१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा एमालेको मतले मुख्यमन्त्री जोगिए, ४ सांसदबाट ह्विप उलंघन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । 

नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गर्दे शाहीको पक्षमा उभिएपछि कर्णाली सरकार जोगिएको हो ।  

३९ सदस्य रहेको कर्णाली प्रदेशसभामा  शाहीले २२ मत प्राप्त गर्नुभयो भने उहाँको बिपक्षमा १५ मत परेको थियो । कर्णाली प्रदेश सभामा नेकपा एमालेका माधब नेपाल तथा झलनाथ खनाल पक्षमा सासंसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।  

१२ सासंद रहेको माओवादी केन्द्रलाई ६ मत नेपाली कांग्रेसले र ४  मत नेकपा एमालेका तर्फ बाट प्राप्त भएको थियो । यसै गरी एक सिट रहेको राप्रपा तटस्थ बसेको थियो ।