काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहुकल सुवेदी र कुमार चुँडालको नाम अनुमोदन भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा सुनुवाइपछि दुवैको नाम अनुमोदन भएको हो ।
सुवेदी र चुँडालको नाम अनुमोदन भएसँगै वर्षदिनभन्दा अगाडिदेखि सर्वोच्चमा रिक्त रहेको दुई न्यायाधीश पद पूर्ति हुने भएको छ ।
यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरी माथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडाल विरुद्ध दुई वटा र नहकुल सुवेदी विरुद्ध पाँच वटा उजुरी परेको थियो ।












