१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली ‘म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ’ भन्ने रवैया देखाए : सिंह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमा अंहकार र दम्भ बढेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओली म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुँदा संघीयता असफल हुन सक्ने खतरा हरेको बताए ।

राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको छ । संविधान केही होइन, अब म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुनु अशोभनीय छ,’ उनले भने, ‘दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्नुपर्छ ।’

नेता सिंहले सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन सबैलाई अपिल समेत गरे ।प्रधानमन्त्री ओलीले आफूलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने उनले चेतावनीसमेत दिए ।

जनअपेक्षा धेरै भए पनि वर्तमान सरकार भाषामा मात्र सीमित रहेको र कान्डै कान्डमा मुछिएको भन्दै उनले अहिलेको सरकारबाट कुनै आश गर्न नसकिने बताए ।

भ्रष्टाचारका मुद्दाहरुमा निष्पक्ष ढंगले छानबिन गरेर दोषीलाई दन्डित गर्न समेत सरकारले आनाकानी गरिरहेको उनले बताए । भ्रष्टाचार गर्दिनँ भन्ने नारा जप्ने, तर ठूला भ्रष्टाचारका मुद्दाहरु ओझेलमा पार्दै जाने काम अहिलेको सरकारले गरेको उनको भनाइ छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सरकारको गतिविधिविरुद्ध अब सडकदेखि सदनसम्म सशक्त रुपमा उत्रिने बेला आएकाले एक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

सरकारका गतिविधि मौलिक अधिकार कुण्ठित गर्ने खालका भएकाले आफूहरु प्रेस र नागरिक अधिकारको रक्षाका लागि खरो रुपमा प्रस्तुत हुने उनले बताए ।