२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिको आधार र संरचना तयार भएको छः प्रधानमन्त्री ओली



अ+ अ-


काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिका लागि सबैखालकाआधार र संरचनातयार भएको बताउनुभएको छ ।
काठमाडौंमाआज रिपोर्टर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमाआयोजितकार्यक्रमलाई सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताउनुभयो ।“समायोजन सहज थिएन, तर सकेका छौं, कानुनबनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,” उहाँले भन्नुभयो, “समृद्ध नेपाल ः सुखी नेपालीको सबै आधार तयार भएको छ ।”
समृद्ध नेपालआफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताउनुभयो । “त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्नग¥यौं, राष्ट्र एक ठाउमा रह्यो,” उहाँले भन्नुभयो,“सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनिदिएका छौं ।”
प्रधानमन्त्रीले नेपालमाद्वन्द्वचर्काउने प्रयास पटक पटक भएपनि त्यस्त ाप्रयास असफल बनाइएको उल्लेख गर्नुभयो । “हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं,” उहाँले भन्नुभयो, “अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।”
प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न प्रेरित गर्नुभयो । “सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तान भन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु हुँदैन,”उहाँले भन्नुभयो, “ हामीले आफ्नो समाज,इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुदैन ।”