२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पानियोलमाथि बार्सिलोनाको सहज जित, मेस्सी फेरी चम्किए



अ+ अ-

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गनेलमो मद्दतले लिड लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि सहज जित हात पारेको छ ।

शनिबार राति बार्सिलोनाले आफ्नै घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफसम्म बार्सिलोनालाई स्पानियोलले गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा भने कप्तान मेस्सी चम्किए । उनले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८९औं मिनेटमा मेस्सीले फेरी गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

शनिबार राति नै भएका अन्य खेलमा लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले अलाभेसलाई ४–० गोलअन्तरले पराजित गर्दा सेल्टा भिगोले भिल्लारियललाई ३–२ ले र लेगानेसले गेटाफेलाई २–० गोलअन्तरले पराजित गरेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । यता, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ५९ अंक छ । लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको भने २८ खेलबाट ५४अंक छ ।